दफा ३१
पे्रस प्रतिनिधिको प्रमाणपत्र नलिई काम गरेमा
(१) दफा २० को उपदफा (५) बमोजिम
प्रमाणपत्र नपाएको व्यक्तिलाई नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाबाट
पे्रस प्रतिनिधिलाई दिइने सुविधा, सहायता वा सहुलियत दिइने छैन ।
(२) दफा २० को उपदफा (१) बमोजिमको विवरण उपलब्ध नगराउने पे्रस वा संचार
सम्बन्धी संस्थालाई नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाबाट दिइने
सुविधा, सहायता वा सहुलित दिइने छैन ।
(३) दफा २० को उपदफा (५) बमोजिम प्रमाणपत्र पाएको कुनै व्यक्तिले नेपाल सरकार
वा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाबाट पाएको सुविधा, सहायता वा सहुलियत
दुरूपयोग गरेमा नेपाल सरकारले त्यस्तो व्यक्तिको प्रमाणपत्र अवधि तोकी निलम्बन गर्न, फिर्ता
लिन वा रद्द गर्न सक्नेछ ।
(४) दफा २० को उपदफा (५) बमोजिम प्रमाणपत्र पाएको कुनै विदेशी पे्रस प्रतिनिधिको
क्रियाकलाप राष्ट्रिय हित प्रतिकूल छ भन्ने लागेमा नेपाल सरकारले त्यस्तो व्यक्तिको पे्रस
प्रतिनिधि प्रमाणपत्र फिर्ता लिन वा रद्द गर्न सक्नेछ ।